थप समाचारसोमबार, चैत्र १२, २०६९
मकवानपुरमा लोडसेडिङ १४ घण्टा घट्यो
जिल्ला प्रशासन कार्यालयमा १२ चैतमा भएको वार्तामा सातामा १४ घण्टा लोडसेडिङ घटाउन प्राधिकरण सहमत भएको छ ।
प्रमुख जिल्ला अधिकारी कमलकान्त रेग्मीको संयोजनमा भएको वार्तामा सबै राजनीतिक दल, प्राधिकरणसम्बद्ध कार्यालयका प्रमुखहरुको सहभागिता थियो । सबै दलका प्रतिनिधिको उपस्थितिमा आन्दोलनरत राप्रपा नेपाल र प्राधिकरणबीच भएको सहमतिपछि सातामा १४ घण्टा घटाउने सहमति बनेको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका हेटौंडा नगर अध्यक्ष अर्जुन ढुंगानाले बताए ।
प्राधिकरणले सातामा ७० घण्टा लोडसेडिङ गर्ने गरेकोमा सहमतिपछि ५६ घण्टामात्रै लोडसेडिङ हुने भएको छ ।
मुलुकमै ठूलो औद्योगिक क्षेत्र रहेको हेटौंडामा लोडसेडिङ घटेपछि अब दैनिक २ सिफ्ट उद्योग चलाउन मिल्ने भएको छ । चरणबद्ध आन्दोलन गर्दै आएका युवाहरुले सबै सरकारी संस्थानका पहे“लो प्लेटको सवारी साधनहरु नियन्त्रणमा लिन थालेपछि प्राधिकरण सहमति गर्न बाध्य भएको हो ।
सहमतिमा निर्माणाधीन कुलेखानी तेस्रोमा अवरोध नगर्ने र विद्युत चोरी घटाउन पहल गर्ने बुँदासमेत समेटिएको छ ।
रामशरण पुडासैनी, मकवानपुर

