समाचारमंगलबार, चैत्र १३, २०६९
होलीमा विहानैदेखि मापसे जाँच
लुकेर लोला हान्ने, जबरजस्ती रंग छ्याप्ने जस्ता प्रवृत्ति नियन्त्रण गर्न उपत्यका लगायत पहाडी जिल्लाका मुख्य शहरहरुमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ भने उपत्यकका गल्लीहरुमा पनि प्रहरीले निगरानी बढाएको छ ।
१३ चैतमा काठमाडौंमा तीन हजारभन्दा बढी प्रहरी परिचालित भएको महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ ।
रक्सी, भांग जस्ता नशालु पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) विरुद्ध प्रहरीले बिहानै देखि चेकजाँच शुरु गरेको छ । उपत्यकाका ६४ ठाउँमा चेक प्वाइन्ट खडा गरीएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
होली शुरु हुनु पहिलेदेखि नै लोला नहान्न र अन्य उच्छृंखल गतिविधि नगर्न चेतनामूलक कार्यक्रम गरेकाले यसवर्ष त्यस्ता गतिविधि निरुत्साहित भएको प्रहरीको दाबी छ ।
जवरजस्ती रंग दल्ने, लोला हान्ने जस्ता कार्य गरेमा त्यस्ता कार्य गर्नेहरुविरुद्ध सार्वजनिक अपराध अनुसार मुद्दा चलाइने पनि प्रहरीले जनाएको छ ।
मुलुकका पहाडी क्षेत्रमा १३ चैतमा होली मनाइँदैछ भने तराइका जिल्लाहरुमा १४ चैतमा होली मनाइनेछ ।

