समाचारमंगलबार, चैत्र १३, २०६९
कांग्रेसका तीन नेताका तीन कुरा
१३ चैतमा प्रेस युनियन कास्कीले पोखरामा गरेको पत्रकार सम्मेलनमा सभापति सुशील कोइरालाले निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्न सकिने बताएका छन् । उनले भने,“ चुनवामा प्रजातन्त्रमा आस्था राख्ने शक्तिसँग गठबन्धन गर्न सकिन्छ ।”
बरिष्ठ नेता शरेवहादुर देउवाले भने निर्वाचनका लागि गठबन्धन गर्नुपर्ने अवस्था नभएको बताए । “चुनावमा कांग्रेसले गठबन्धन गर्ने सम्भावना छैन,” उनले भने, “गठबन्धन गर्न न हामीले नै चाहेका छौ, न त एमालेले चाहेको छ ।”
उपभापति रामचन्द्र पौडेलले भने अहिले नै गठबन्धनका लागि हतार गर्नुपर्ने अवस्था नभएको बताए । उनले भने, “गठबन्धन हुन सक्छ भन्ने हो, अहिले कसैसँग छलफल भएको छैन ।”
नेताहरुले चुनावलाई चुनौतिका रुपमा लिएर प्रचार अभियानमा जुटेको बताए । उनीहरुले मुलुकमा लामो समयदेखि जारी गतिरोध अन्त्यका लागि वाध्यात्मक परिस्थितिमा प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु परेको बताएका थिए ।
माधव बराल, पोखरा
