थप समाचारमंगलबार, चैत्र १३, २०६९
दिल्लीमा ‘अरबपति नेता’ को हत्या
दक्षिण दिल्लीको रजोकरी क्षेत्रस्थित एक फार्म हाउसमा बहुजन समाज पार्टीका नेता एवम् ब्यापारी दीपक भारद्वाजको १३ चैत विहान गोली हानी हत्या भएको दिल्ली प्रहरीले जनाएको छ ।
भारद्वाजले सन् २००९ मा बहुजन समाज पार्टीका तर्फबाट संसदको चुनाव लडेका थिए । भारतको निर्वाचन आयोगमा भारद्वाजले बुझाएको सम्पत्ति विवरणमा उनको ६०० करोड रुपैयाँ बराबरको सम्पत्ति भएको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार कारमा आएका आक्रमणकारीहरुले एक्कासी भारद्वाजमाथि गोली वर्षाएका थिए । उनको हत्याबारे प्रहरीले अनुसन्धान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
