समाचारमंगलबार, चैत्र १३, २०६९

चाँडै निर्वाचनको मिति घोषण हुन्छः रेग्मी

हिमालखबर

१३ चैतमा अध्यक्षको सरकारी निवास बालुवाटारमा पाल्पाली समाजसँग होलीको शुभकामना साटासाट गर्दै अध्यक्ष रेग्मीले चा“डै नै निर्वाचनको मिति घोषणा गरेर देशलाई निर्वाचनमय बनाउने बताएका छन् । सरकारले दलहरुसँगको परामर्समा चाँडै नै निर्वाचनको मिति घोषणा गर्ने उनको भनाई थियो ।

फागुका अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्र्दै अध्यक्ष रेग्मीले फागु पर्वको जीवन्त रुपले निरन्तरता पाउने र नेपालीहरुमा सद्भाव बढाउने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा मुख्य सचिव लिलामणी पौडेलेले रेग्मीलाई रङ्ग लगाईदिएका थिए । त्यस्तै अध्यक्ष रेग्मीले पनि अन्य उपस्थितहरुलाई रंग लगाईदिएर होली मनाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>