समाचारमंगलबार, चैत्र १३, २०६९

आगलागीबाट ९० घर नष्ट

हिमालखबर

गोविन्दपुर–१ का रुपली मियाको घरबाट १३ चैतमा सल्किएको आगोले छिमेकका ९० वटा घरटहरा समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

मियाको घरमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीबाट सो गाउँका २३९ आश्रित परिवार पीडित भएको प्रहरीले जनाएको छ ।

विराटनगरबाट गएको दमकल, प्रहरी र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । आगलागीबाट मोहम्मद मयूम घाइते भएका छन् ।

यसैबीच, मोरङको दक्षिणपूर्व गाविस डाइनियाका दुई घरमा आगलागी हुँदा घर, गोठ र बाख्रा जली नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार डाइनिया गाविस—७ बस्ने रामप्रसाद खत्वे, सोही स्थान बस्ने गोल्छा खत्वेको घरमा आज आगलागी हुँदा रु एक लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>