समाचारबुधबार, चैत्र १४, २०६९

तराई झुम्यो जोगिरा सरर…

हिमालखबर

नेपालको तराई क्षेत्रमा आज १४ चैतमा होली पर्व मनाइँदैछ ।

जनकपुरमा होरैया गाउँदै । तस्बीर: इश्वरचन्द्र झा

होरी गीत जोगिरा सरर… गाउँदै ढोल मञ्जिराको तालमा मानिसहरु झुमिरहेका देखिन्छन् । युवायुवतीहरु एकआपसमा रंग छ्यापेर प्रेम र सदभावको यो रंगिन पर्वको भरपूर मजा लिंदैछन् ।

होलीका अवसरमा जनकपुरमा प्रत्येक वर्ष आयोजना हुने ‘महामुर्ख सम्मेलन’ आज पनि हुँदैछ । होलीका अवसरमा १३ चैतमा मिथिला नाट्यकला परिषदले होरैया गायन प्रतियोगितको आयोजना गरेको थियो । जानकी मन्दिरको प्रांगणमा आयोजित प्रतियोगितमा होरैया गाउनेहरुले वातवरण उत्सवमय बनाएका थिए ।

पहाडी र हिमाली भेगमा फागु पूर्णिमाका दिन होली मनाइए पनि तराई क्षेत्रमा भने त्यसको भोलिपल्ट मनाउने गरिन्छ । छिमेकी मुलुक भारतमा पनि आजै होली मनाइँदैछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>