थप समाचारबुधबार, चैत्र १४, २०६९

नेविसंघ चौथो दिन पनि रिले अनसनमा

हिमालखबर

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको माग गर्दै नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले ११ चैतदेखि अनिश्चित कालिन रिले अनसन गरिरहेको छ ।

त्रिवि उपकुलपति कार्यालय अगाडि अनसनमा बसे पनि त्रिविले आफ्नो माग पूरा गर्नमा चासो नदिएकाले अब पूर्ण अनसनमा बस्न सकिने र आन्दोलनका थप कार्यक्रमहरु ल्याइने नेविसंघ उपाध्यक्ष ऋषिकेश जंग शाहले हिमालखबरलाई बताए ।

अनसनको चौथो दिन १४ चैतमा पशुपति बहुमुखी क्याम्पस इकाइ सभापति गोपी शिवाकोटी, मनोहर क्याम्पसका सभापति निरञ्जन थापा, एनआर कलेज सभापति परोपकार अधिकारी, ग्रामिण आदर्श क्याम्पस सभापति सुशील भट्ट, अमृत साइन्स क्याम्पस सभापपति श्रीधर भट्ट अनसनमा बसेका छन् ।

त्रिविले बारम्बार चुनाव गराउने आश्वासन दिए पनि कार्यान्वयन नभएकाले दबाबका लागि अनसनमा बसेको शाहले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>