समाचारबुधबार, चैत्र १४, २०६९

‘एमाओवादीलाई बोकेर मधेश लगिंदैन’

हिमालखबर

नेपालगञ्जमा सञ्चारकर्मीहरुसँग होली खेल्दै सदभावना अध्यक्ष राजेन्द्र महतो ।

नेपालगञ्जमा १४ चैत विहान आयोजित कार्यक्रममा सदभावना अध्यक्ष महतोले निर्वाचनका लागि दलहरुबीच मोर्चाबन्दी सहज नभएको र अहिले त्यसबारेमा कुनै छलफल पनि नभएको बताएका छन् ।

मधेशकेन्द्रित दलहरुबीचमा वा एमाओवादी र मधेशका दलहरुबीच चुनावी तालमेलको कुनै सम्भावना नरहेको सदभावनाकै केन्द्रीय सदस्य उपेन्द्र महतोले हिमालखबरलाई बताए । उनले भने, “एमाओवादीलाई काँधमा बोकेर मधेश ल्याउने काम गरिंदैन ।” महतोले थपे, “मधेशवादी दलहरुबीचमै फूट भइरहेको, मोर्चा बाहिर र भित्र समेत अनेकौं विचार र स्वार्थ बोकेका दलहरु भएकाले कम्तीमा पनि सदभावना पार्टीले मोर्चाबन्दी गर्ने सम्भावना छैन ।”

यद्दपी कुनै कुनै स्थानमा मधेशवादी दलहरुसँग चुनावी तालमेलको सम्भावनालाई भने पूरै नकार्न नसकिने सदभावना केन्द्रीय सदस्य उपेन्द्र महतोको भनाई थियो ।

एमाओवादीले मधेशकेन्द्रित दलहरुसँग आगामी संविधानसभाको निर्वाचनमा गठबन्धन गरेर जाने बारेमा चर्चा चलिरहेका बेला सदभावना पार्टीका तर्फबाट यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>