थप समाचारबुधबार, चैत्र १४, २०६९
ब्यवस्थापन समिति निर्वाचनको निहुँमा आक्रमण
पर्साको मसिहानी–९ चिलझप्टी टोलमा १४ चैतमा स्थानीय हिरालाल मुखिया बिन र राजेश प्रसाद यादव पक्षबीच विद्यालय ब्यवस्थापन समितिको निर्वाचनका विषयमा झडप हुँदा हिरालाल मुखिया बिन पक्षका ११ जना घाईते भएका छन् । घाईते मध्ये जोखु मुखिया बिन, झगरु मुखिया बिन र जटीश मुखिना बिनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घाईते सबैको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ । एक आपसमा होली खेल्दै रमाईलो गरिरहेको अवस्थामा दुई पक्षबीचको विवाद बढदै गएर राजेश प्रसाद यादव पक्षकाले एक्कासी आक्रमण गरेको ईलाका प्रहरी कार्यालय पोखरीयाले जानकारी दिएको छ । प्रहरी र स्थानीय वासीन्दाले घाईतेहरुको उद्धार गरेका थिए ।
आक्रमणकारीहरुको खोजी भईहरेको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक खेम नारायण चौधरीले बताए ।
अली असगर, वीरगञ्ज
