थप समाचारबिहीबार, चैत्र १५, २०६९
रोल्पामा आगलागीबाट आठ घर ध्वस्त
रोल्पाको कोटगाउँ डागा बस्ने रामलाल घर्तीको घरबाट राति १२ बजे सल्केको आगो फैलिएर अन्य ८ घरलाई समेत खरानी पारेको छ ।
आगलागीमा परी घर्तीकी छोरी तिलकुमारी घर्ती घाइते भएकी र उनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचारपछि नेपालगन्ज पठाइएको प्रहरीले बताएको छ ।
आगलागीबाट घर्तीका आठवटा पशु चौपाय र २६ वटा कुखुरासमेत जलेर मरेको भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
आगलागीमा छिमेकी रुपे घर्ती, भागीमान घर्ती, तुलसिंह घर्ती, पूर्णबहादुर घर्ती र सतिमाल घर्तीको घरसमेत जलेर नष्ट भएको छ । आगलागीबाट २५ लाख बराबरको क्षति भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
स्थानीय तथा प्रहरीको सक्रियतामा बिहान ५ बजे आगलागी नियन्त्रणमा आएको छ ।
रासस
