समाचारबिहीबार, चैत्र १५, २०६९

निर्वाचनका लागि वातावरण बनाऊः आयोग

हिमालखबर

निर्वाचन आयोगले १५ चैतमा आफ्नै कार्यलयमा प्रमुख चार दलका नेताहरुस“गको छलफलमा निर्वाचन सम्पन्न गर्न आवश्यक ऐन, नियम तथा कानुनहरु संशोधन गरेर निर्वाचन प्रक्रियालाई सहज बनाउन आग्रह गरेको छ ।

एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाका नेताहरुसँगको छलफलमा आयोगले मतदता नामावली संकलनको काममा केही दलले बाधा पुर्‍याएकाले ती दलहरुसँग वार्ता गरी नामावली संकलनका लागि सहज वातावरण बनाइदिन पनि आग्रह गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका नेता रघुजी पन्तले बाधा अड्काउ फुकाउ गर्न दलहरुले गरेको सहमतिका आधारमा आयोगले निर्वाचनका लागि सहज वातावरण बनाउन आग्रह गरेको जानकारी दिए ।

आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली संकलन, नागरिकता वितरण लगायतको वातावरण बनाउन दलहरुलाई आग्रह गरेको जानकारी दिए ।

यसैबीच गृहसचिव नवीन घिमिरेले फोटोसहितको नामावली संकलन गर्ने काम सञ्चारमाध्यममा आएजस्तो नरोकिएको दाबी गरे । सचिव घिमिरेले सुरक्षाकर्मी बढाएर भएपनि सरकारले आयोगको कामलाई सहयोग गरिरहेको बताएका थिए ।

आयोगले १६ चैत दलहरुसँग फेरि छलफल गरेर निर्वाचनको मिति सिफारिस गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>