समाचारबिहीबार, चैत्र १५, २०६९
बालकृष्ण ढुंगेललाई कार्वाही गर्न युवा संघको माग
युवा संघ नेपालले १५ चैतमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेर अदालतले दोषी ठहर गरेका एमाओवादी नेता बालकृष्ण ढुंगेल लगायतकालाई कारवाही गर्न माग गरेको छ ।
संघका महासचिव राजीव पहारी नेतृत्वको टोलीले प्रधानन्यायाधीशको नेतृत्वमा वर्तमान सरकार गठन भएकोले अदालतको फैसला कार्यवयनका लागि ढिलो नगर्न भनेको छ ।
ज्ञापनपत्र बुझ्दै रेग्मीले आफू कानूनी शासन पालना गराउन प्रतिवद्ध रहेको बताएका छन् ।
युवा संघले फेरि सार्नु नपर्ने गरी संविधानसभाको मिति घोषण, स्थानीय निकायको निर्वाचन, विदेशमा रहेकालाई मताधिकार, विद्युतीय मतदानको व्यबस्था लगायतको माग गरेको छ ।
