समाचारबिहीबार, चैत्र १५, २०६९

देव गुरुङले भने, ‘चुनाव हुन दिन्नौं’

हिमालखबर

पोखरामा १५ चैतमा आयोजित पत्रकार सम्मेलनमा नेकपा–माओवादी नेता देव गुरुङले प्रधानन्यायाधीशलाई अन्तरिम मन्त्रिपरिषदको अध्यक्ष बनाउने चार दलको सहमति खारेज नभएसम्म मुलुकमा निर्वाचन हुन नदिने बताएका छन् ।

“जस्तो सुकै मुल्य चुकाएर भएपनि चुनावलाइ असफल पार्छौ,” गुरुङले भने । उनले चार दल बीच भएको सहमति राष्ट्रघाती र प्रतिगमनकारी भएको आरोप लगाउँदै तत्काल खारेज गर्न माग गरे ।

नेता गुरुङले चुनाव असफल पार्न रणनीतिक रुपमा मतदाता संकलनमा अवोध गरेको बताए । दलहरुको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने उनको भनाई थियो ।
माधव बराल, पोखरा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>