समाचारबिहीबार, चैत्र १५, २०६९

कांग्रेस नेता वास्तोलालाई नेपाल ल्याइँदै

हिमालखबर

बेहोस अवस्थामा भारतको नयाँ दिल्ली नजिकैको मेदान्त अस्पतालमा भर्ना भएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि उनलाई १६ चैतमा काठमाडौ फिर्ता ल्याइने भएको छ ।

वास्तोलालाई एयर एम्बुलेन्सद्वारा काठमाडौँ ल्याईने र काठमाडौँस्थित नर्भिक अस्पतालमा राखिने नेपाली कांग्रेसले जनाएको छ ।

वास्तोला होसमा फर्कने सम्भावना कम रहेको र अहिले उनको हेरचाह मात्रै भइरहेकोले नेपालकै अस्पतालमा राखेर पनि आवश्यक उपचार र हेरचाह गर्न सकिने भएको चिकित्सकलाई उद्धृत गर्दै वास्तोलाका आफन्तले वताएका छन् ।

१४ पुसमा मोरङको विराट चोकमा आयोजित एक कार्यक्रममा अचेत भएका वास्तोलाको सिलगुडीस्थित न्यूरो अस्पतालमा मस्तिष्कको शल्यक्रिया गरिएको थियो । त्यसलगत्तै उनलाई दिल्ली निजक गुडगावँस्थित मेदान्त अस्पतालमा लगिएको थियो ।

अहिले उनको जीवन निरन्तरताका लागि आवश्यक शरीरको तापमान, रक्तचाप, मुटुको चाल, श्वासप्रंश्वास लगायतका अवस्था स्थिर रहे पनि होसमा भने आउन नसकेको अस्पतालको भनाई छ । यस्तो अवस्थामा उनलाई हेरचाह, फिजियोथेरापी र अन्य आवश्यक उपचार नेपालमै हुनसक्ने भएकोले नेपाल ल्याउन लागिएको कांग्रेस प्रवक्ता दिलेन्द्र प्रसाद बडुले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>