समाचारबिहीबार, चैत्र १५, २०६९

पार्टी छोडेकालाई फर्काउन एमालेमा कार्यदल

हिमालखबर

एमाले सचिव विष्णुप्रसाद पौडेलले १५ चैतमा जारी गरेको विज्ञप्तिअनुसार कार्यदलको सदस्यमा पार्टीका सचिवद्वय युवराज ज्ञवाली र शंकर पोख्रेल छन् ।

१४ चैतमा बसेको एमाले स्थायी कमिटी बैठकले विगतमा नेकपा एमाले परित्याग गरेका र अन्य पार्टीमा रहेका ईमान्दार व्यक्तिहरूलाई नेकपा एमालेमा समाहित हुन अपिल गरेको र महासचिव पोख्रेलको संयोजकत्वमा गठित कार्यदललाई पार्टी निर्णयको मर्मअनुरुप योजनाबद्ध एवं परिणाममुखी पहलकदमी लिन निर्देशन दिने निर्णय गरेको पौडेलले जानकारी दिए ।

यस्तै राजीनामा दिएका पोलिटब्युरो सदस्य रामचन्द्र झासँग वार्ता गरी उनका गुनासा सुन्न पार्टीका अध्यक्ष झलनाथ खनाल र महासचिव पोख्रेललाई जिम्मेवारी दिइएको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>