थप समाचारशुक्रबार, चैत्र १६, २०६९

जीप दुर्घटनामा एकै परिवारका चारको मृत्यु

हिमालखबर

फाइल तस्बीर

डोटीको दिपायलबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ज ३२९ नम्बरको जीप डडेल्धुराको सल्लाघारीमा दुर्घटना हुँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ भने ७ जना घाईते भएका छन् ।

मृत्यु हुनेहरुमा दिपालय सिलगढी नगरपालिका वडा नं. ९ बस्ने ३८ वर्षीया खिनादेवी माझी, एक वर्षकी नेत्रेश्वरी माझी, ४५ वर्षीया कमलादेवी माझी र ४० वर्षीय दिलबहादुर माझी रहेको प्रहरीले जनाएको छ ।

घाईते राजविर साउद, मन्दिरा साउद, संगीता प्रजापति, कैलाश साउद, सन्तोष माझी, बोम बहादुर माझी र सरस्वती माझीलाई कोहलपुर मेडिकल कलेज नेपालगञ्जमा उपचारका लागि पुर्याइएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

१५ चैत राति जीप दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>