थप समाचारशुक्रबार, चैत्र १६, २०६९
जापानी प्रदर्शनी शुरु
नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट कमिटीद्वारा आयोजित दुईदिने प्रदर्शनीमा जापानका विभिन्न ३० विश्वविद्यालय, भाषा विद्यालय तथा अन्य विद्यालयबारे जानकारी दिइने कार्यक्रम छ ।
प्रदर्शनीमा नेपालबाट जापान अध्ययनका लागि पठाउने विभिन्न परामर्शदाताको सहभागिता रहेको छ ।
प्रदर्शनीका संयोजक जितराम लामा र नेपाल जापान इन्टरनेसनल स्टुडेन्ट कमिटीका अध्यक्ष टङ्कलाल घिसिङले नेपाल–जापानबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई जनस्तरमा विकास गर्न प्रदर्शनी आयोजना गरिएको जानकारी दिए ।
रासस
