समाचारशनिबार, चैत्र १७, २०६९

जोगबनीमा लागेको आगो नेपालीले निभाए

हिमालखबर

१६ चैत राति जोगवनी बजारमा रोकी राखेको बसबाट सल्किएको आगोले सडक वरपरका पसल छाप्रा हुँदै विराटनगर भंसार कार्यालयसम्म फैलने सम्भावना भएपछि आगो निभाउन नेपाली पक्षले ठूलै मेहनत गर्‍यो ।

आगो निभाउन विराटनगर र इटहरीका पा“च वटा दमकल र सशस्त्र तथा नेपाल प्रहरीका गरी एक सय ५० सुरक्षाकर्मी परिचालित भएको मोरङ प्रहरीले जनाएको छ । राति १२ बजे आगो निभाउन्जेलसम्म भंसार परिसर खाली गरिसकिएको थियो । भंसार परिसरमा राखिएका सय भन्दा बढी मालबहाक ट्रक सडकमा निकालिएको थियो भने कार्यालयका सामान अन्यत्र सारिएको थियो ।

भारत तर्फको आगलागी नियन्त्रणमा नेपाली पक्षले मात्रै मेहनत गरेकाले भारतीय नागरिकले त्यहा“को प्रशासन बिरुद्ध र नेपालीको स्वागतमा नाराबाजी गरेका थिए । राति पौने ११ बजे इटहरीबाट आएको दमकललाई भारतीय नागरिकले ताली बजाएर स्वागत गरे । भारत तर्फको आगलागी नियन्त्रणमा लिन भारतीय दमकल र भारतीय सुरक्षाकर्मी नआएको भन्दै स्थानीयबासीले बिरोधमा नाराबाजी गरेका थिए ।

नेपाली सुरक्षाकर्मी र दमकलले आगो नियन्त्रणमा नलिएको भए भारतीय जोगवनी बजार र यता विराटनगर भंसार कार्यालय तथा गोदाम ध्वस्त हुने सम्भावना थियो ।

दशगजा क्षेत्रमा भारतीय पक्ष अनधिकृत रुपले बनाएका टहरा पसल जलेर खरानी हुँदा सवा करोड रुपैयाँ बराबरको क्षति भएको हुनसक्ने इलाका प्रहरी कार्यालय रानीका निरीक्षक भगिरथ रेग्मीले बताएका छन् ।

कमल रिमाल,विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>