समाचारशनिबार, चैत्र १७, २०६९
भगत सिंह समूहले हतियार बुझायो
जनतान्त्रिक तराई मधेश मुक्ति पार्टीका वार्ताटोली संयोजक मनोज मण्डल सुवासले बांकेका निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई १७ चैतमा आफ्नो समूहसँग रहेका हतियार बुझाएका छन् ।
सरकार र भगत सिंह समुह बिच २०६८ फागुन १३ गते वार्ता भएको थियो ।
बुझाएका हतियारहरुमा बारबोर नलकटुवा पेस्तोल १७ थान, सकेट बम १६, टाइम बम ५, प्रेसर कुकर बम २, अटोमेटिक पेस्तोल १, ह्याण्ड ग्रिनेट ५, भरुवा बन्दुक १ थान रहेका छन् ।
त्यसैगरी बारुद २० केजी, बारबोरको कार्तुस २१ थान, तार फ्युज आधा रोल, बारबोर बन्दुक ३ थान, ३१५ बोर बन्दुक १ थान, ३१५ नलकटुवा ८, ३६ ग्रिनेट १, खाली सकेट ७, डेटोनेटर ६, बिष्फोटक पदार्थ (डाइनामाईट) १, ३०३ केजी र एसएलआरको गोली २७, बुलेट फुटेको गोली ३, पेस्तोलको गोली ३ थान, इलेक्ट्रोनिक फ्ल्यास १ र सेफ्टी फ्युज १२ थान रहेका छन् ।
भगत सिंह समुहका वार्ता टोलीका संयोजक मनोजले आफ्नो पार्टी अब संविधान निर्माणमा सक्रिय रुपले लाग्ने बताएका छन् ।
डि भण्डारी, नेपालगन्ज

