समाचारशनिबार, चैत्र १७, २०६९

सरकार र चार दलले बोलाएको वार्तामा जाँदैनौः वैद्य

हिमालखबर

भक्तपुरमा १७ चैतमा आयोजित एक कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष मोहन वैद्यले खिलराज रेग्मी नेतृत्वको वर्तमान सरकार खारेजी र चार दलले गरेको ११ बुँदे सहमति खारेज गरिए मात्र वार्तामा बस्ने जिकिर गरेका छन् ।

“अहिले चुनावको नौटङ्की रचिएको छ, चार दलको सिन्डिकेटले माओवादी सहित २३ वटा पार्टीलाई निषेध गरेको छ,” वैद्यले भने । उनले अन्तरिम संविधानको गलत ढङ्गले संशोधन गरेर चारदलीय सहमतिको नाममा प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाएर नेपालको इतिहासमा अर्को ‘कू’ गरिएको दाबी गरे ।

उनले चार दल र सरकारबीचको ११ बुँदे सहमति, बाधा अड्काउ फुकाउ प्रस्ताव, प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउने निर्णय खारेज गरेमात्र आफूहरु वार्तामा बस्ने अडान दोहोर्‍याए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>