समाचारआइतबार, चैत्र १८, २०६९

नामावली संकलक टोली मुक्त

रासस

आज बिहान छलफलको लागिभन्दै बोलाएर नेकपा–माओवादीले नुवाकोटको दुइपिपलबाट नियन्त्रणमा लिएको नामावली संकलक टोलीलाई अपरान्ह नेपाल पत्रकार महासंघ नुवाकोटको रोहबरमा छोडिदिएको छ ।

मतदाता संकलनको लागि खटिएका दुईपिपल गाविसका गाविस सचिव दिलबहादुर बोगटी, गाविसका प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र निर्वाचन आयोगका कम्युटर अप्रेटर बिनोद अधिकारीलाई माओवादी कार्यक्रताहरुले मुक्त गरेका छन् ।

नेकपा–माओवादी कार्यकर्ताले दुईपिपल गाविसमा १७ चैतबाट शुरु भएको मतदाता संकलनको कार्य पहिलो दिन नै ९ जनाको संकलन पछि अवरोध गरिदिएका थिए ।

पत्रकार महासंघ नुवाकोटका अध्यक्ष राजुमित्र खनाल र सचिव कपिलदेव खनालको रोहबरमा निर्वाचन कार्यालयका अधिकारीहरु मुक्त गरिएको छ ।
————————————————————–

मतदाता नामावली सङ्कलन टोली अपहरित
Mar 31, 2013 @ 13:56]
मतदाता नामावली सङ्कलनका लागि नुवाकोटको दुईपिपल गाविस खटिएको टोलीलाई नेकपा–माओवादीको कार्यकर्ताले अपहरण गरेका छन् ।

मतदाता नामावली सङ्कलनमा लागि खटिएका नुवाकोटको दुईपिपल गाविसका सचिव दिलबहादुर बोगटी, प्राविधिक सहायक पुरुषोत्तम लामिछाने र कम्युटर अपरेटर बिनोद अधिकारी १८ चैतमा नेकपा–माओवादीको अपहरणमा परेका छन् ।

नेकपा–माओवादीका कार्यकर्ताहरुले १७ चैत पनि दुईपिपलमा नामावली सङ्कलन टोलीका सामग्री लुट्ने प्रयास गर्दै अवरोध गरेका थिए । प्रहरी कार्यालय झिल्टुङमा बास बसेका ती कर्मचारीहरुलाई १८ चैत बिहान माओवादी कार्यकर्ताले फोन गरेर छलफलका लागि भन्दै बोलाएको र त्यसपछि उनीहरु सम्पर्कविहीन भएको जिल्ला निर्वाचन कार्यालय नुवाकोटका निर्वाचन प्रमुख सविनराज ढकालले बताए ।

नेकपा माओवादी ताम्सालिङ राज्य समिति सदस्य नारायण नेपालले छलफलका लागि बोलाएको तर, पार्टीको सम्पर्कमा नआएको बताएका छन् । मतदाता सङ्कलनका सामग्री भने प्रहरी कार्यालय झिल्टुङमै छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>