समाचारआइतबार, चैत्र १८, २०६९
चुनाव हुने छाँट छैनः कमल थापा
१८ चैतमा हेटौंडमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान मन्त्रिपरिषद्लाई चारदलको रिमोट कन्ट्रोलबाट चलेको आरोप लगाउँदै चुनाव हुन नसक्ने बताएका हुन् ।
उनले ठूला चार दलले चुनाव गराउन नसकेको भन्दै असारमा नभएको चुनाव मंसीरमा हुन नसक्ने दाबी गरे । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगका प्रमुख निलकण्ठ उप्रेतीलाई चार दलले निर्वाचन हुन नदिन सिखण्डीको रुपमा उभ्याएको थापाले आरोप लगाए ।
उनले विगतमाझै अहिले पनि चार दलले सबैक्षेत्रमा भागबण्डा लगाएको भन्दै आक्रोश व्यक्त गरे । चुनावको छा“टकाट नदेखिएको भन्दै थापाले चुनाव गर्न नसक्ने चुनावी मन्त्रिपरिषद्को औचित्य नरहेको उल्लेख गरे । “मतदाता नामावली संकलनमा एउटा ल्यापटप सुरक्षा गर्न नसक्ने सरकारले चुनावमा कसरी सुरक्षा देला,” उनले प्रश्न गरे ।
चुनावी सरकार पाएपछि आशावादी भएका जनता फेरि निराश हुन लागेको थापाको भनाई थियो ।
रामशरण पुडासैनी, हेटौंडा
