समाचारसोमबार, चैत्र १९, २०६९

कानूनी मस्यौदा तयार पार्दै निर्वाचन आयोग

हिमालखबर

१९ चैत दिउँसो बस्ने आयोगका पदाधिकारीको बैठकले कानूनी मस्यौदालाई अन्तिम रुप दिएपछि आजै सरकारलाई पठाउने आयोगले जनाएको छ ।

यसअघि दलहरुसँग भएको छलफलका आधारमा आज आयोगले निर्वाचन ऐनको मस्यौदा तयार गर्ने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जानकारी दिए । ऐन, कानुन मस्यौदा सरकारलाई बुझाएपछि सरकारले त्यसलाई अध्यादेशका रुपमा पारित गरेर राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ ।

आयोगले दलहरुको समानुपातिक सिटका लागि मापदण्ड, उठाउन मिल्ने चन्दाको प्रावधानका विषयलाई पनि आज अन्तिम रुप दिनेछ । आयोगले ऐन कानुनको अभावका कारण निर्वाचनको कार्यतालिका बनाउन नसकेको बताइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>