समाचारसोमबार, चैत्र १९, २०६९
३३ दलले निर्वाचन आयोगसँग छलफल गर्दै
वर्तमान खिलराज रेग्मी नेतृत्वको सरकारले गराउने निर्वाचन प्रक्रिया अगाडि नबढाउन आग्रह गर्दै ३३ दलले निर्वाचन आयोगको ध्यानआकर्षण गराउने भएका छन् ।
१९ चैत दिउँसो २ बजे निर्वाचनमा आयोगमा पुगी ध्यानआकर्षण गराउने नेकपा माओवादी प्रवक्ता पम्फा भुसाले जानकारी दिइन् ।
१८ चैतमा बसेको ३३ दलको बैठकले निर्वाचनको सहभागिताका विषयमा राष्ट्रपति रामवरण यादवसँग मात्रै वार्ता गर्ने निर्णय गरेको थियो ।
यसैबीच आजै निर्वाचनको विपक्षमा रहेका दलहरुले देशभरका शहरहरुमा सभा गर्दैछन् । सभालाई निर्वाचनको विपक्षको दबाबका मुलुक आन्दोलनका रुपमा परिणत गरिने भुसाले बताइन् ।
