थप समाचारसोमबार, चैत्र १९, २०६९

कोरियाली प्रायद्विपमा तनाव, अमेरिकी एफ–२२ स्टिल्थ जेट तैनात

हिमालखबर

अत्याधुनिक राडार जडान भएका एफ–२२ आइतबार ओसन एअर बेसमा तैनाथ गरिएका छन् । ओसन एअर बेस दक्षिण कोरियामा रहेको मुख्य अमेरिकी सैन्य आधार शिविर हो ।

यसैबीच दक्षिण कोरियाले उत्तर कोरियालाई नियन्त्रणमा रहन चेतावनी दिएको छ । दक्षिण कोरियाली सरकारद्वारा जारी विज्ञप्तिमा धम्की र उत्तेजना फैलाएर उत्तर कोरियाले उत्तरपूर्वी एसियामा शान्ति स्थापना गर्ने अन्तर्राष्ट्रिय प्रयासलाई धरापमा पारेको र ऊ आफैं पनि थप एक्लिने जनाइएको छ ।

३१ मेमा इस्टरका बेला पोप फ्रान्सिसले कोरियामा बढदो तनावकाप्रति चिन्ता ब्यक्त गर्दै समस्याको कुटनीतिक समाधान खोज्न आग्रह गरेका छन् ।

राष्ट्र संघको प्रतिबन्ध र चीनको चेतावनीलाई समेत बेवास्ता गर्दै उत्तर कोरियाली नेता किम जोङ उनले गत फेब्रअरी महिनामा परमाणु हतियार परीक्षण गर्न आदेश दिएपछि त्यसक्षेत्रमा तनाव बढदै गएको हो ।

उत्तर कोरियालाई राष्ट्रसंघ र अन्य देशहरुले समेत परमाणु हतियार परियोजना बन्द आग्रह गरे पनि उसले सन् २००६ देखि परमाणु परीक्षण गर्दै आएको छ । अन्तर्राष्ट्रिय नाकाबन्दीमा रहेको उत्तर कोरियाले हतियार र सुरक्षामा गर्ने ठूलो खर्चले त्यहाँको विकास अवरुद्ध भएको छ । तर, अन्तर्राष्ट्रिय दबाबको प्रतिक्रियास्वरुप उत्तर कोरियाले परमाणु हतियारको दम्भमा दक्षिण र अमेरिकालाई युद्धको चेतावनी दिंदै आएको छ ।

गत शनिबार उत्तर कोरियाले विज्ञप्ति जारी गर्दै युद्धको अवस्था आएको र घोषणा हुनमात्र बाँकी रहेको बताएको थियो ।
तनाव बढदै जाँदा दक्षिण कोरियालाई सुरक्षाको वाचा गरेको अमेरिकाले विरलै देखिने बी–२ बम वर्षक विमान बुधबार कोरियाली आकाशमा उडाएको थियो ।

उत्तर कोरियाली नेता किम निकट पत्रिका ‘रोडोङ सिनमुन’ ले उत्तर कोरियामा आक्रमणका लागि जापानमा अमेरिकी सैन्य शिविरहरु तयार रहेको भन्ने समाचार छापेपछि जापान सरकारका प्रवक्ता योसिहिदे सुगाले प्योङग्याङको यो भनाई ‘आक्रमक उत्तेजना’ भन्दै निन्दा गरेका छन् ।

दुवै कोरिया सन् १९५३ पछि प्राविधिक रुपमा युद्धको अवस्थामा रहँदै आएका छन् । उत्तर कोरियाको धम्कीका बावजुद पनि उत्तर कोरिया आफू हार्ने युद्धमा साँच्चिकै प्रवेश गर्ला भन्नेमा थोरै मानिसहरुमात्रै विश्वास गर्छन् ।
रोयटर्स

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>