समाचारसोमबार, चैत्र १९, २०६९

बोली फेरे कार्टरले

हिमालखबर

२०६४ सालमा भएको संविधानसभा निर्वाचन सम्पन्न भएकै साँझ निर्वाचन स्वतन्त्र, भयरहित र धाँधलीरहित भएको बताएका अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरले अहिले उक्त निर्वाचन धाँधलीरहित नभएको बताएका छन् ।

“विगतको निर्वाचनमा धाँधली नभए पनि पूर्ण धाँधलीरहित थिएन,” १९ चैतमा नेपाल भ्रमण सम्मपन्न गरी म्यानमार जानुअघि कार्टरले भने ।

तीन दिने नेपाल भ्रमणका क्रममा राष्ट्रपति, मन्त्रिपरिषद अध्यक्ष, दलका नेताहरुलाई भेटेका कार्टरले जाँदा जाँदै मनसुन (असारमा) निर्वाचन सम्भव नभएकोले नोभेम्बर (कार्तिक–मंसीर) मा निर्वाचन गर्नु उत्तम हुने सुझाव पनि दिए ।

सरकार गठन प्रकृयाको विरेध गरीरहेका दलहरु पनि चुनावी प्रकृयामा सहभागी हुनेमा आफू आशावादी रहेको कार्टरको भनाई थियो । उनले नेकपा–माओवादीका कार्यकर्ताले निर्वाचन आयोगका कर्मचारीलाई अपहरण गर्ने र धम्क्याउने जस्ता काम गर्नु ठिक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>