थप समाचारसोमबार, चैत्र १९, २०६९

रोल्पा प्रहरीद्वारा डकैतीमा संलग्न ६ जना पक्राउ

हिमालखबर

डकैतीमा संलग्न अभियुक्तहरु, साथमा प्रहरीले रोल्पाका विभिन्न स्थानबाट संकलन गरेका अवैध भरुवा बन्दुक ।

जिल्ला प्रहरी कार्यालय रोल्पाले डकैतीमा संलग्न रोल्पा झेनाम–८ का १८ वर्षीय कमल योगी र नुवागाँउ– १ रोल्पाका २० वर्षीय ओबिलाल बुढालाई पक्राउ गरी सार्वजनि गरेको छ । त्यसैगरी उक्त घटनाका अभियुक्तहरु दाङ सैंघा– ९ का २७ वर्षीय दिपक प्रसाद पुन, १८ बर्षीय कालु पुन, २१ वर्षीय बिनोद घर्ति र २५ वर्षीय सञ्जय नेपालीलाई पनि सार्वजनिक गरेको छ ।

डकैतीमा संलग्न ६ जना अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय दाङ र रोल्पाको सहकार्यमा १७ चैतमा पक्राउ गरिएको रोल्पा प्रहरी प्रमुख ओम बहादुर रानामगरले बताए ।
प्रहरी नायव उपरीक्षक रानामगरका अनुसार १२ जनाको समूहमा रहेका अभियुक्तहरुले २९ फागुनमा रोल्पा नुवागाँउ–१ का गणेश बहादुर गिरी, हरी प्रसाद कवर, पुर्ण बहादुर कवर, जुनु पुन, गौरी कवरको घरबाट ५२ हजार ५ सय नगद तथा सुन चाँदीका गरगहना लुटेर फाराहर भएका थिए । अभियुक्तहरुले हरिप्रसाद कवर, गणेश बहादर गिरी र पूर्णबहादुर गिरीलाई खुकुरी प्रहार गरी घाईते समेत बनाएका थिए ।

घटनामा संलग्न भई फरार रहेका अन्य अभियुक्तहरुमा दाङ घोराही– ११ का सुरजप्रताप परियार, धर्नाका सन्तोष डाँगी, सैंघा– ९ का दिपेन्द्र पुन, टेक बहादुर नेपाली, दिपेन्द्र परियार र झेनाम ८ रोल्पाका बलबिर योगी छन् ।
हीराबहादुर घर्तीमगर, रोल्पा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>