समाचारमंगलबार, चैत्र २०, २०६९

३३ दलहरुद्वारा सिंहदरवार घेराउ

हिमालखबर

नेकपा–माओवादीको नेतृत्वमा रहेको साना दलहरुको मोर्चाले बिहान ९ बजेदेखि ११ बजेसम्म सिंहदरवारसँग जोडिएका बिभिन्न ६ नाकामा चक्काजाम गरेको छ ।

चक्काजामका कारण अस्तव्यस्त बनेको सिंहदरवार वरपरको वातावरण अहिले सामान्य बन्दै गरेको छ । प्रमुख ४ राजनीतिक शक्तिले गरेको ११ बुँदे सहमति र अन्तरिम संविधानका २५ वटा धारामा गरिएको संसोधनप्रति असहमति जनाउँदै आयोजना गरिएको घेराउ कार्यक्रम सफलतापूर्वक सकिएको नेकपा–माओवादी पोलिटव्युरो सदस्य हरिभक्त कंडेलले दावी गरे ।

११ बुँदे सहमतिको खारेजी र अन्तरिम संविधानका सच्याइएका २५ धारालाई फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने साना ३३ दलको भनाइ छ ।

यसैबीच, घेराउका कारण देशभरका जिल्ला प्रशान कार्यालयमा एक घण्टाको काम प्रभावित भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>