थप समाचारमंगलबार, चैत्र २०, २०६९

आमाछोरीका हत्यारालाई २६ वर्ष कैद

हिमालखबर

मकवानपुर जिल्ला न्यायाधीश टेकनारायण कु“वरको इजलासले हत्या र चोरी डकैतीमा संलग्न भएको भन्दै १० जनालाई कसुर अनुसार २० रुपैया“ जरिवानादेखि २६ वर्ष कैदसम्मको सजाय सुनाएको छ ।

गत २८ असारमा मकवानपुर भैंसे–२ कालिटारका ५७ वर्षीया चन्द्रमाया थापा र उनकी छोरी ३७ वर्षीया लक्ष्मी थापाको घरमा सुतिरहेको अवस्थामा कुटपिट गर्दै हत्या भएको थियो ।

न्यायाधीश कु“वरको इजलासले हत्यामा संलग्न राजु श्रेष्ठ, गोपाल तामाङ र पासाङ स्याङबो, सानुकान्छा तामाङ, विष्णु तामाङ र सजीव लामा लाई सर्वश्वसहित जन्मकैद (२० वर्ष ) र चोरी डकैतीमा संलग्न भएकोमा थप ६ वर्ष कैद फैसला सुनाएको छ । त्यसगैरी निजहरुबाट ६ लाख रुपैयाँ जरिवाना असुल गर्न पनि अदालतले भनेको छ ।

हत्या संलग्न अन्य अभियुक्तहरुमध्ये सुजाता बर्तौलालाई १६ वर्ष कैद, मतियार सुके भनिने सुदीप भोम्जनलाई ११ वर्ष कैद र हत्या घटनाका बारेमा जानकारी भएर पनि कसैलाई नभनेको भन्दै अदालतले चमेलीमाया तामाङलाई २० रुपैयाँ जरिवाना गरेको छ ।

अदालतले हीरावबहादुर स्याङ्तान र मोहन बोलनलाई भने सफाइ दिएको छ ।

मोवाइलको कल डिटेल र कुकुरसमेत प्रयोग गरी हत्यामा संलग्न पक्राउ गरिएको थियो
रामशरण पुडासैनी, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>