थप समाचारबुधबार, चैत्र २१, २०६९

उत्तर कोरियाले परमाणु रियाक्टर सञ्चालनमा ल्याउने, उत्तरलाई ठेगान लगाउन अमेरिका तयार

हिमालखबर

प्योङ्ग्याङ्मा अहिले हिउँ परिरहेको छ । तर तस्बीरमा जस्तो शान्त छैन उत्तर कोरिया ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले यो विवादको अन्त्यका लागि वार्ताको अपील गरेका छन् । उनले भनेका छन्, “परमाणु युद्ध कुनै खेल होइन, यसले अस्थिरता र त्रास फैलाउँछ ।”

उत्तर कोरियाले सन् २००७ मा बन्द गरेको परमाणु रिएक्टर फेरि शुरु गर्ने निर्णय गरेको छ । यो परमाणु रिएक्टरको पुनः सञ्चालनबाट उसले परमाणु हतियारका लागि विद्युत र प्लुटोनियमको थप बन्दोबस्त गर्नेछ । उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएले यसको जानकारी दिए पनि परमाणु रियक्टर कहिले देखि सुचारु गर्ने भन्ने बारे स्पष्ट खुलाएको छैन । चीनको विदेशमन्त्रालयले यो खबरप्रति निराशा व्यक्त गरेको छ ।

यसअघि उत्तर कोरियाली तानाशाह किम जोंग उनले कुनै पनि देशमा शान्तिका लागि परमाणु हतियार अत्यन्तै जरुरी रहेको बताएका थिए । उनले परमाणु हतियारले दुश्मनहरुलाई सिद्धयाउने र त्यहींबाट शान्तिको आधारशिला खडा हुने पनि दाबी गरे । किमको यो भाषणपछि अमेरिकाले दक्षिण कोरियामा आफ्ना सैनिकहरु तैनात गरेको छ ।

किमले सत्तारुढ रुलिंग वर्कर पार्टीको केन्द्रीय कमिटीमा गत आइतबार दिएको यस भाषणलाई केसिएनएले मंगलबार जारी गरको थियो । केसिएनएका अनुसार किमले भनेका छन्, “तपाइँहरु ढुक्क हुनुहोस, परमाणु हतियार लडाईमा भरपर्दा हतियार हुन्, यी हतियारले हाम्रो सम्प्रभुता कायम राख्ने छन् ।”

अमेरिकी चेतावनी

अमेरिकाले यदि दक्षिण कोरियामाथि हमला भएमा त्यसको कडा प्रतिकार गरिने चेतावनी दिंदै त्यसपछिको अवस्थालाई वार्ताबाट समाधान गर्न नसकिने बताएको छ ।

अमेरिकाले कोरियाली समुद्री तटमा क्षेप्यास्त्र नासक युएसएस म्याक्किन तैनात गरेको छ ।

अमेरिकाले दक्षिण कोरियाको समुद्री किनारामा ब्यालिस्टिक क्षेप्यास्त्र तैनात गरेको छ । राडार प्लेटफर्मबाट दुश्मनका गतिविधिहरुको अनुगमन भइरहेको छ । उत्तर कोरियाबाट सम्भावित हतियार आक्रमणलाई रोक्न अमेरिकाले कोरियाली प्रायद्वीपको समुद्री किनारमा आफ्नो युएसएस म्यक्केन तैनात गरेको छ । अमेरिकाले परमाणु हतियार राखेको कम्युनिष्ट देश  उत्तर कोरियालाई कसरी काबुमा ल्याउने भन्ने पूरै योजना बनाएको    रिपोर्टहरु मिडियामा आइरहेका छन् ।

डिफेन्स न्यूज वेबसाइटका अनुसार, उत्तर कोरिया लगायत परमाणु हतियार राख्नेहरुलाई सखाप पार्ने अमेरिक सैन्य रणनीति छ ।  अमेरिका मित्र देशहरुको जमिन प्रयोग गर्दै गम्भीर समस्याको सामना नगरेरै यो सब गर्न चाहन्छ ।

यता दक्षिण कोरिया पनि उत्तरबाट आक्रमण भएमा त्यसको जवाफ दिनका लागि तयार भएको छ । दक्षिण कोरियाले उत्तरबाट हुने सम्भावित आक्रमणमा जवाफी कार्वाही गर्नका लागि स्थानीय प्रशासनलाई केन्द्रको अनुमती बिना नै आक्रमण गर्नसक्ने स्वीकृति दिएको छ । दक्षिण कोरियाली राष्ट्रपति पार्क गुन हेले रक्षामन्त्रालयका अधिकारीहरुसँगको बैठकमा परमाणु हमला हुनसक्ने भन्दै उत्तर कोरियामाथि जवाफी आक्रमणका लागि दक्षिण तयार भएको बताएका थिए ।

उत्तर कोरियाले अमेरिकामाथि आरोप लगाउँदै संयुक्त राष्ट्रसंघले प्रतिबन्ध लगाउनु र अमेरिकाले प्रत्येक वर्ष दक्षिणसँग संयुक्त सैन्य अभ्यास गर्नु आफूलाई युद्धतर्फ धकेल्नु भएको बताएको छ । उसले भनेको छ, “अमेरिका यस क्षेत्रमा आफ्नो शक्ति देखाउन चाहन्छ ।” यसअघि अमेरिकी एफ–२२ लडाकु विमान दक्षिण कोरियाको सुरक्षाका लागि तैनात गरिएको थियो । अमेरिकाले एकहप्ता अघि मात्रै परमाणु क्षमता भएको बी–२ बमवर्ष विमान दक्षिण कोरियाली आकाशमा उडाएको थियो । यस लगत्तै उत्तर कोरियाले युद्धको जस्तो अवस्था (स्टेट अफ वार) को घोषणा गरेको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>