थप समाचारबुधबार, चैत्र २१, २०६९

विरामीको मृत्युपछि अस्पतालमै डाक्टर थुनिए

हिमालखबर

एपेन्डिक्सको अप्रेशन गरिएका विराटनगर–१८ का २७ वर्षीय हेमनारायण यादवको २० चैतमा मृत्यु भएपछि कोशी अञ्चल अस्पतालका चिकित्सहरुलाई मृतकका आफन्तले मध्यरातसम्म एउटा कोठामा थुनेका छन् ।

क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले अस्पतालका प्रमुख डा. उमाकान्त झा, सर्जन नारायण बस्नेतलागायतलाई राति १२ बजेसम्म थुनेका थिए । २१ चैत बिहानसम्म पनि यादवको शव अस्पतालबाट उठाइएको छैन ।

राति १२ बजे प्रहरीले अस्पतालबाट सुरक्षा दिएर चिकित्सकलाई बाहिर निकालेको थियो । अस्पतालका कर्मचारी नवराज लुइंटेलले अस्पतालमा डाक्टर र कर्मचारीले काम गर्ने वातावरण नरहेको बताए । उनका अनुसार, मृतककी श्रीमतीलाई अस्पतालमा जागिर दिने सम्बन्धमा भने मन्त्रालयमा कुरा भई रहेको छ ।

अस्पताल प्रशासनले मृतक परिवारलाई क्षतिपुर्ति दिन नसक्ने बताएपछि अस्पतालमा बेलुका तनाव भएको थियो । सर्जन बस्नेतलाई मृतकका आफन्तले हातपातसमेत गरेका छन् ।

अप्रेशन गरेका बिरामीको हृदयघातका कारण मृत्यु भएको र अप्रेशनअघिको बेहोस गर्ने औषधिको असरले त्यसो भएको हुनसक्ने बस्नेतको भनाई छ ।

कमल रिमाल/विराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>