समाचारबुधबार, चैत्र २१, २०६९

सर्प, बिच्छी र भ्यागुता एकै ठाउँमाः कोइराला

हिमालखबर

नेपाली कांग्रेस मोरङले टंकीसीनवरीमा आयोजना गरेको कार्यक्रममा २१ चैतमा बोल्दै कांग्रेस नेता कोइरालाले चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा नगर्दा नेकपा–माओवादीलगायतका ३३ दल चुनाव हुन नदिने पक्षमा रहेकाले रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा गरेर चुनावी वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसले शक्ति पृथकीकरणको सिद्धान्तलाई बुझ्न नसकेका कारण अहिलेको अवस्था आएको उनको भनाई छ । उनले भने, “सर्प, बिच्छी र भ्यागुतालाई एकै ठाउँ राख्ने काम भएको छ, यो संवैधानिक हिसाबले मात्र हैन प्राकृतिक हिसाबले समेत अनुचित छ ।”

बाबुराम सरकारविरुद्ध चलेको आन्दोलन चरम बिन्दुमा पुग्न लागेका बेला विदेशी चलखेलका कारण एमाओवादीले हेटौंडाबाट रेग्मीको नाम अघि सारेको नेता कोइरालाको आरोप थियो ।

कार्यक्रममा महिला सङ्घकी अध्यक्ष डा डिला सङ्ग्रौलाले निर्वाचनको विकल्प नभएको भन्दै त्यसैतर्फ लाग्नुपर्ने धारणा राखेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>