समाचारबुधबार, चैत्र २१, २०६९
माओवादीले ३२ थान हतियार बुझाउनु पर्ने
२१ चैतमा बसेको सेना समायोजन विशेष समितिको बैठकले वैशाख मसान्तसम्म नेताहरुको सुरक्षाका लागि भन्दै दुबै माओवादीले राखेका ३२ थान हतियार बैशाख मसान्तसम्म नबुझाए अवैध हातहतियार सम्बन्धी कानूनअनुसार कारवाही गर्न सरकारलाई सिफारिस गरेको समिति सदस्य भीम रावलले बताएका छन् ।
त्यसैगरी बैठकले पूर्व माओवादी लडाकुहरुको अभिलेख सरकारलाई बुझाउने र सेना समायोजनको प्रक्रियालाई अघि बढाउन नेपाली सेनाको महानिर्देशनलाई निर्देशन दिने निर्णय पनि गरेको छ ।
बैठकमा तालिम गर्न नसक्ने लडाकुहरुलाई कसरी निकास दिने भन्ने विषयमा आज छलफल भए पनि २३ चैतमा बस्ने बैठकले त्यसमा ठोस निर्णय गर्ने पनि रावलले बताए ।
नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुहरुमध्ये ४० जनाले सेनामा समायोजन हुन नचाहेको भन्दै बहिर्गमित अन्य लडाकु सरह आर्थिक सहयोग पाउनुपर्ने माग गरेका छन् ।
