समाचारबिहीबार, चैत्र २२, २०६९
हनुमान ढोकाको ढुकुटी खोलिने
विहान ११ बजेपछि आवश्यक सुरक्षाव्यवस्था मिलाएर ढुकुटी खोलिने पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिएका छन् ।
ढुकुटीमा मल्लकालदेखिका ऐतिहासिक धनमाल रहेको अनुमान छ । यसअघि उक्त ढुकुटी २०१५ सालमा खोलेर ७५ लाख भारतीय रुपैयाँ सटही गरिएको थियो । ढुकुटीमा रहेका भारतीय रुपैयाँ कामै नलाग्ने अवस्थामा पुगेकाले तत्कालीन राजा महेन्द्रले भारतीय सरकारसँग आग्रह गरी उक्त रकम सटही गराएका थिए । ढुकुटीमा अन्य के के सामाग्री छन् भन्ने अभिलेख भने राखिएको छैन ।
उक्त ढुकुटीमा देवी–देवताका नाममा रहेका गहना र ऐतिहासिक एवम् पुरातात्विक महत्वका सम्पत्ति हुनसक्ने अनुमान गरिएको छ । ढुकुटी खोलिएपछि त्यसमा रहेका सामान–सम्पत्ति सार्वजनिक गरिने पुरातत्व विभागले जनाएको छ ।
