थप समाचारबिहीबार, चैत्र २२, २०६९

नेपाली परिवारद्वारा भारतमा आत्मदाह प्रयास

हिमालखबर

गुजरातको राजकोट नगर निगममा २१ चैतमा आत्मदाह प्रयास गर्दा छोटुनगर राइया धारमा बस्दै आएका ४० वर्षीय भरतमान सिंहको मृत्यु भएको प्रहरीलाई उधृत गर्दै पिटीआईले जनाएको छ । भरतमानको परिवारका अन्य सदस्यहरू रेखा, आशा, वासुमति र गिरिशमान गम्भिर घाइते छन् ।

प्रहरीका अनुसार उनीहरूले मट्टितेल खन्याएर आगो लगाएका थिए । घाइतेहरूलाई उपचारका लागि राजकोट सिभिल अस्पतालमा भर्ना गरिएको छ । उनीहरूको नेपालको ठेगाना भने खुल्न सकेको छैन ।

छोटुनगर कर्पोरेसन हाउसिङ सोसाइटीसँगको घर सम्बन्धी विवादपछि उनीहरूले आत्मदाह गरेको प्रहरीले जनाएको छ । सिंहको परिवार बस्दै आएको घर आधिकारिक भए/नभएको मुद्दा अदालतमा विचारधीन छ ।

प्रतिपक्षी काँग्रेस पार्टीले सिंहको परिवारलाई भारु पाँच लाख तथा घाइतेहरूलाई जनही भारु दुई लाख क्षतिपूर्ति दिन माग गरेको छ ।

तस्वीरहरूः पिटीआई र एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>