समाचारबिहीबार, चैत्र २२, २०६९
बैद्य पक्षलाई समितिमा ल्याइने
एनेकपा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा आफ्नो दलबाट बिभाजित मोहन बैद्य नेतृत्वको नेकपा माओवादीलाई पनि सहभागि गराउने निर्णय भएको बताएका छन् ।
२२ चैतमा हिमाल खबरपत्रिकालाई लामो अन्तर्वार्ता दिँदै दाहालले २२ चैत विहान भएको समितिको बैठकमा बैद्य पक्षलाई सहभागी हुन मनाउने जिम्मा एमालेलाई दिइएको बताए । “उहाँहरुलाई संयन्त्रमै राख्न बोलाउन लागेका हौं, त्यसपछि चार दलीय सिण्डिकेट भन्ने आरोप स्वतः खण्डित हुन्छ भन्ने हामीलाई लाग्छ ।”
बिस्तृत अन्तर्वार्ता, २५ चैत, आईतबारको हिमाल खबरपत्रिकामा ।

