समाचारबिहीबार, चैत्र २२, २०६९

हनुमान ढोकाको ढुकुटी खोलियो

हिमालखबर

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिका २१ सदस्यको रोहवरमा २२ चैतमा मुल ढुकुटी खोलिएको हो ।

दुईवटा ढुकुटीमध्ये पहिलो जीर्ण ढुकुटीमा कुनै पनि वस्तु प्राप्त नभएको र दोस्रो ढुकुटी खोल्दा साना ठूला फलामका तथा काठका बाकसहरू १५ वटा र सेफ सातवटा पाइएको विभागका महानिर्देशक दाहालले बताए ।

ढुकुटीका विभिन्न स्थानमा छरिएर रहेका र पहिचान भएका सामग्रीमा १४ सेमी र १२ सेमीका ४८ थान चाँदीका इँटा तथा अन्य ८८ वटा चाँदीका वस्तु पाइएको छ । पुरानो भोटे ताल्चा १५ वटा तथा चाँदीका कलशहरू समेत त्यहाँ पाइएका छन् ।

ती बाकस तथा सेफमा भएका सम्पूर्ण वस्तुको हाल पहिचान गर्न सकिएको छैन । तिनमा नम्बर अङ्कित गरी ताल्चा नभएका बाकसमा समेत ताल्चा लगाइएको छ ।

आगामी दिनमा ढुकुटीभित्र रहेका सम्पूर्ण वस्तुको विस्तृत सूचीकरण गरी सार्वजनिक गर्नेगरी मूलढोकामा समितिका पदाधिकारीको रोहबरमा सिलछाप गरी शार्दुल जङ्ग गुल्मको सुरक्षामा रहने गरी जिम्मा लगाइएको महानिर्देशक दाहालले बताए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>