समाचारशुक्रबार, चैत्र २३, २०६९

दलहरूको सुझाव अनुसार निर्वाचनसम्बन्धी कानून परिमार्जन हुने

हिमालखबर

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र मुख्य चार राजनीतिक शक्तिका नेताबीच २३ चैतमा भएको छलफलमा दलहरूको सुझावका आधारमा निर्वाचन आयोगले तयार पारेको मस्यौदालाई अन्तिम रूप दिइने सहमति भएको छ ।

निर्वाचन आयोगले संविधानसभा निर्वाचनका लागि तयार पारेको अध्यादेश मस्यौदाका बारेमा छलफल गर्न २३ चैत बिहान मुख्य दलका नेताहरू बालुवाटार पुगेका थिए । फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेद्वार बनाउन नपाइने, एक प्रतिशतभन्दा कम मत ल्याउने दललाई समानुपातिक तर्फबाट संविधानसभामा प्रतिनिधित्व नगराउने, उम्मेदवारले चुनावभन्दा पहिले नै व्यक्तिगत सम्पत्ति विवरण बुझाउनुपर्नेलगायतका विषयमा एमाओवादीसँगै साना दलहरूले विरोध गरेका छन् ।

यस्तै आजको छलफलमा निर्वाचनको तयारीका लागि भइरहेको गतिविधि र आन्दोलनमा उत्रिएका साना दलहरूलाई पनि चुनावमा कसरी सहभागी गराउने भन्ने विषयमा पनि कुराकानी भएको मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>