थप समाचारशुक्रबार, चैत्र २३, २०६९

अमिनाको समर्थनमा अर्धनग्न भए महिला

हिमालखबर

पेरिसमा अर्धनग्न प्रदर्शन गरिरहेका महिलाहरुलाई गिरफ्तार गर्दै प्रहरी

पेरिसमा ‘फेमेन समूह’ का महिला सदस्यहरुले टपलेस भएर ग्रांड मस्जिदका आगाडि बुधबार प्रदर्शन गरे । उनीहरुले यसो गरेको खबर संसारभरमै फैलियो र युक्रेन, पोल्याण्ड, ब्राजिल, बेल्जियम, इटली सहित करिब एक दर्जन देशका महिलाहरु टपलेस भएर सडकमा ओर्लिए ।

यता पेरिसमा टपलेस भएर मस्जिदको अपमान गरेको भन्दै प्रहरीले बलपूर्वक उनीहरुलाई त्यहाँबाट हटायो भने कैयौं गिरफ्तार भए ।

ट्युनिशियाको राजधानी ट्युनिसकी १९ वर्षीय अमीनाले निर्वस्त्र भएर वक्षस्थलमा F***k your morals लेखेको तस्बीर अपलोड गरेकी थिइन् । यसपछि अमिनालाई प्रहरीले गिरफ्तार गरेर मानसिक अस्पतालमा राखेको थियो । त्यसपछि संसारका धेरै देशहरुमा अमिनाका पक्षमा अर्धनग्न प्रदर्शन शुरु हुन थालेपछि उनी रिहा त भइन् तर, अँझै पनि उनीमाथि ज्यान मार्ने धम्की आउन भने छोडेको छैन ।

एजेन्सीहरु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>