समाचारशुक्रबार, चैत्र २३, २०६९
तिवारीको भोक हडताल नवौं दिन पनि जारी
सप्तरीको राजविराजस्थित शिव मन्दिर प्राङ्गणमा पाल टाँगेर ९ दिनदेखि भोक हडतालमा बसेका विकास तिवारीको स्वास्थ्य अवस्था बिगँ्रदै गएपछि प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले उनीसँग वार्ता गर्न पहल गरे पनि तिवारीले मन्त्रिस्तरीय टोलीसँग मात्र वार्ता गर्ने अडान राखेकोले वार्ता बिना निष्कर्ष टुङ्गिएको छ ।
आफूले उठाएका मागहरु अधिकांश मन्त्रिस्तरीय टोलीले मात्र सम्बोधन गर्न सक्ने भएकाले मन्त्रिस्तरीय टोलीसँग मात्र वार्ता गर्ने तिवारीले अडान लिएपछि प्रजिअ वार्ता नै नगरी फर्किएको तिवारीले बताए ।
उनले भने, ‘‘प्रजिअले वार्तामार्फत समस्याको समाधान खोज्न आग्रह गरे, मैले मन्त्रिपरिषद्का तर्फबाट कुनै मन्त्री आएमात्र वार्ता गर्ने बताएपछि उहाँ फर्किनुभयो ।” आफूले उठाएको माग सम्बोधन नभएसम्म भोक हडताल जारी राख्ने तिवारीले दोह¥याए ।
विगत नौ दिनदेखि भोक हडतालमा बसेका तिवारीको शरीरमा ग्लुकोजको मात्रा कम हुनुका साथै रक्तचापसमेत बिस्तारै कम भएको उनका सहयोगी दानी मण्डलले बताए ।
जिल्ला विकास समिति सप्तरीका कर्मचारीहरुले लिएको पेस्की रकम असुल गर्नुपर्ने, जिविससहित सम्पूर्ण विकासीय कार्यालयको आयव्यय सार्वजनिक गर्नुपर्ने, भ्रष्टाचार गर्ने कर्मचारीमाथि कारबाहीसहितका विभिन्न १० बुँदे माग राख्दै १५ चैतदेखि तिवारी भोक हडतालमा बसेका छन् ।
रासस
