समाचारशुक्रबार, चैत्र २३, २०६९
ऐतिहासिक सम्पदा बचाउन आग्रह
काठमाडौंको हाँडीगाउँमा सरकारले बाटो विस्तार गर्न लागेको सन्दर्भमा हिमालखबरलाई प्रतिक्रिया दिँदै तिवारीले ऐतिहासिक सम्पदा मासिन दिन नहुनेमा जोड दिएका हुन । तिवारीले भने, “बाटो विस्तार गर्दा जमिन भित्र र बाहिरको पुरातात्विक वस्तु विनास हुन दिनु हुँदैन ।”
काठमाडौं महानगरपालिकाका नगर नियोजक भाइकाजी तिवारीले २३ चैतबाट हाँडीगाउँमा बाटो विस्तार शुरु गरिएको जानकारी दिए । पुरातात्विक वस्तुलाई क्षति नपुगोस् भनेर ११ मिटरको सट्टा आठ मिटर मात्रै बाटो फराकिलो पारिएको उनको भनाई थियो ।
