समाचारशनिबार, चैत्र २४, २०६९

डडेलधुरामा आगलागी, डेढ करोडको क्षति

हिमालखबर

स्थानीय राजु पाठकको कम्पनी गोदाममा २४ चैत बिहान आगोलाग्दो १ करोड ४६ लाख रुपैयाँ बरावरको मालसामान जलेर नष्ट भएको र गोदाम राखिएको घरमा २० लाख बरावर क्षति भएको प्रहरीले जनाएको छ ।

गोदाममा बालीएको अगरवत्तीबाट सल्केको आगोे करिव तीन घण्टापछि प्रहरी र  स्थानीय बासीन्दाको प्रयासमा नियन्त्रणमा आएको हो । जिल्लामा दमकलको सुविधा नभएका कारण आगलागी नियन्त्रणमा आउन बढी समय लागेको थियो ।

आगो नियन्त्रणका लागि खानेपानीका करिब १ दर्जन मुलपाईपहरुबाट पानी र माटो प्रयोग गरिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>