समाचारशनिबार, चैत्र २४, २०६९

एमाले छोडेका झा एमाओवादीमा प्रवेश

हिमालखबर

नेकपा एमाले परित्याग गरेका जनकपुरका नेता रामचन्द्र झा एमाओवादीमा प्रवेश गरेका छन् । उनलाई एमाओवादीले स्थायी कमिटी सदस्य बनाउने तयारी गरेको बुझिएको छ ।

२४ चैतमा एमाओवादी मुख्यालय पेरिस डाँडामा आयोजित एक कार्यक्रमकाबीच उनी औपचारिक रुपमै एमाओवादीमा प्रवेश गरेका हुन् ।

पार्टीभित्र जिम्मेवारी नपाएको गुनासो गरिरहने झालाई डेढ वर्षअघि एमालेले स्थायी कमिटीमा ल्याउने तयारी गरिरहेका बेला उनले अशोककुमार राईसँगै पार्टी फुटाउने काममा लागेपछि पार्टीले सबै जिम्मेवारीबाट मुक्त गरेको थियो ।

राज्यको पुनःसंरचना लगायतका विषयमा पार्टी नेतृत्वसँग मतभेद भएपछि पार्टी छोडेको बताउने झा त्यसअघि एमाले पोलिटब्युरो सदस्य र जनकपुर इञ्चार्ज थिए । उनी २०६५ सालमा स्थानीय विकास मन्त्री समेत भएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>