थप समाचारशनिबार, चैत्र २४, २०६९

मलेसियामा नेपाली कामदार रिहा

हिमालखबर

२३ चैत राति अबेर उनीहरुलाई रिहा गरिएको नेपाली दूतावासले जानकारी दिएको छ । केही दिन अगाडि घटेको सो घटनामा नेपाली कामदारहरुको कुनै पनि संलग्नता नदेखिएको भन्दै रिहा गरिएको हो ।

दूतावासका द्वितीय सचिव चक्र सुवेदीले दिएको जानकारीअनुसार यसरी रिहा हुनेहरुमा राजेश राय यादव, रमेशबहादुर भुजेल, सन्तोष पौडेल, अमन गुप्ता, दलबहादुर बयम्वु, नीलकण्ठ जैसी, पवन शाह, रगुन राई र मनोज सुनार रहेका छन् । सुवेदीका अनुसार शुक्रबार राति अबेर उनीहरुलाई रिहा गरिएको हो ।

जोहारबारु घटनामा परी घाइते भए पनि उनीहरुलाई उपचारपछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो । मलेसियन प्रहरीले अनुसन्धानको क्रममा कुनै असभ्य व्यवहार भएको भए माफी दिनसमेत अनुरोध गरेको समाचारमा जनाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>