समाचारसोमबार, चैत्र २६, २०६९
बारामा नक्कली डाक्टर
यो जिल्लामा संचालनमा रहेका ४०० एलोपेथी र आयुर्वेदिक औषधी पसल तथा ल्यावमध्ये सात वटा मात्र जिल्ला प्रशासनमा दर्ता छन् । जिल्ला जनस्बास्थ्य कार्यालयका सुचना अधिकृत प्रेम जैसबाल कलैया क्लिनिक, हकिम पोलिक्लिनीक, शिबम डेन्टल सिमरा, जेनरल पोलीक्लिनीक कलैया, तराई सिमरा हस्पिटल प्राली सिमरा, निम्स हस्पिटल प्रालि सिमरा, अबिनय स्बास्थ्य सेबाबाहेक कसैको दर्ता नरहेको बताउछन् । यो तथ्याङ्कले सदरमुकाम कलैया र अरु बजारमा पनि नक्कली औषधी पसल संचालन भइरहेको देखाउँछ ।
गत मसिरमा जिल्ला प्रशासन कार्यालय बाराको टोलीले अनुगमन गर्दा सदरमुकाम कलैयाको हकिम फार्मेसीले अनुमति बिना सुत्केरी गराइएको पाएपनि त्यसलाई कारवाही भएको छैन । नेपाल चिकित्सक संघका पूर्ब केन्द्रीय सदस्य तथा बालरोग विशषज्ञ डा. रविन्द्र कुमार सिंह भने दर्ता नभएका औषधी पसलले बिरामी जाच्न र औषधी बेच्न नपाउने बताउँछन् ।
फार्मेसी बिषय अध्ययन गरेकालाई मात्र औषधी पसल सञ्चालनको अनुमति दिने नियम छ भने ति पसल राजश्व कार्यालयमा दर्ता गर्नैपर्ने कानुनी ब्यबस्था छ ।
प्रकाश लम्साल, बारा
