समाचारसोमबार, चैत्र २६, २०६९

विना तयारी निर्वाचनको मिति तोकिदैनः रेग्मी

हिमालखबर

मदन भण्डारी फाउण्डेशनद्वारा २६ चैत्रमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष रेग्मीले बिना तयारी निर्वाचन नहुने उल्लेख गर्दै आवश्यक तयारी गरेर मात्रै मिति तोकिने स्पष्ट पारे । उनले २०७० मङ्सिरभित्र अर्को संविधानसभाको निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व आफू नेतृत्वको सरकारको भएको बताए । रेग्मीले भने, “हतारमा गरेको कार्यले भोलि कुनै व्यावधान आउन सक्छ भने बरु सामान्यरुपमा बहन गर्न सकिने धैर्यतालाई हामीहरुले स्वीकार गर्नैपर्दछ ।”

अध्यक्ष रेग्मीले नागरिकता वितरणदेखि मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गर्नुपर्ने र तत्सम्बन्धी कानुन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए ।

कार्यक्रममा रेग्मीले चुनावका लागि उचित वातावरण बनाउन दलहरुबीच संवाद र छलफललाई सक्रियतापूर्वक अघि बढाउनु पर्ने धारणा राखे । छिटोभन्दा छिटो निर्वाचन प्रक्रियालाई गति दिन र निर्वाचनमा सबैलाई सहभागी हुने वातावरण बनाउनेतर्फ लागि पर्न राजनीतिक दलहरुलाई उनको आग्रह थियो ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>