समाचारसोमबार, चैत्र २६, २०६९
चुनाव हुन नसक्ने कमल थापाको भनाई
पोखरामा २६ चैतमा आयोजित कार्यक्रममा बोल्दै राप्रपा अध्यक्ष थापाले चुनाव हुने आधार नबनेको बताएका हुन । थापाले भने, “चुनाव हुने कुनै गुञ्जायस छैन, भईहाले पनि निष्पक्ष हुँदैन ।”
अध्यक्ष थापाले एमाओवादी र मधेशवादी दलहरूले चुनाव जित्ने सुनिश्चितता नहुँदासम्म अनेक बहानाबाजी गरेर निर्वाचन हुन नदिने दाबी गरे । उनले नेपाललाई हिन्दु राष्ट्र बनाउनु पर्ने बताए ।
