थप समाचारसोमबार, चैत्र २६, २०६९
बेलायती पूर्व प्रधानमन्त्री थ्याचरको निधन
स्ट्रोकका कारण २६ चैत बिहान आफ्नी आमाको निधन भएको उनका छोराहरूलाई उधृत गर्दै थ्याचरका प्रवक्ताले जानकारी दिएको एजेन्सीहरूले जनाएका छन् । बेलायती प्रधानमन्त्री डेबिड क्यामरोनले ट्वीटर मार्फत् उनको निधनले आफू निकै दुखित भएको उल्लेख गरेका छन् ।
थ्याचर सन् १९७९ देखि १९९० का बीचमा कन्जर्भेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री रहेकी थिइन् । बेलायतको इतिहासमै प्रधानमन्त्री बन्ने उनी पहिलो महिला हुन । थ्याचरले सन् १९५९ मा लण्डनको उत्तरमा पर्ने फिञ्च्लेबाट प्रतिनिधिसभाको सदस्यता लिएकी थिइन् । उनी १९७९, १९८३ र १९८७ मा गरी तीन पटक आम निर्वाचनमा विजयी भएकी थिइन् ।
बकिङ्घम दरबारका प्रवक्ताका अनुसार थ्याचरको निधनको खबरले महारानी दुखित भएको र चाँडै नै शोक सन्तप्त परिवारप्रति व्यक्तिगत समवेदना पठाउने जनाएका छन् ।
