समाचारमंगलबार, चैत्र २७, २०६९
निर्वाचन कात्तिकको अन्त्यतिर उपयुक्तः खनाल
एमाले इलाम–काठमाडौँ सम्पर्क मञ्चद्वारा सहिद रत्नकुमार वान्तवाको ३४ औं स्मृति दिवसका अवसरमा २७ चैतमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले यस्तो धारणा राखेका हुन । उनले सकेसम्म असारभित्र र नभएमा मङ्सिरभित्र निर्वाचन गराउने सहमति भएको उल्लेख गरे ।
आफ्नो पार्टी चाँडो निर्वाचनको पक्षमा भए पनि बिना तयारी निर्वाचन नहुने खनालको भनाइ थियो । उनले एमाओवादीले निवर्तमान सरकारको पालामा सेट गरेको प्रशासनिक संयन्त्रलाई दुरुपयोग गरेर दुईतिहाइ मत ल्याउने सपना देखेको भए त्यसलाई एमालेले पूरा हुन नदिने बताए ।रासस
